ताजा अपडेट

ट्रेन्डिङ

साई ग्लोवल विद्यालयमा विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र ५, २०७९
360 पटक हेरिएको
साई ग्लोवल विद्यालयमा विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

रुपन्देहीको भैरहवा स्थित श्री साई ग्लोवल विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

महिमा शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्कुलको संचालक समिति ध्यान श्री हरि बहादुर थापा विशिष्ट अतिथि र प्रवन्ध निर्देशक र प्रधानध्यापक मेति प्रसाद गौतमको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विशिष्ट अतिथि हरि ब. थापा, प्राचार्य कौशल राज गौतम, सह प्राचार्य विष्णु प्रसाद पाण्डेले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्यका प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।

कार्यक्रम सञ्चालन कक्षा ९ का विद्यार्थीहरु एलिजा घिमिरे र जावेद खानले गरेका थिए।

sai global 3

शैक्षिक क्षेत्रमा अब्बल स्थानमा रहँदै आएको यस साई ग्लोबल माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन सङ्‌कायमा बिहानी र दिवा कक्षाहरू सञ्चालन गर्दै आएको छ ।

सीमित विद्यार्थीहरूमध्येबाट पनि विभिन्न क्षेत्रमा (Medical, Engineering, Nursing) निःशुल्क पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । साथै देश विदेशमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था तथा कार्यालयमा सफलतापूर्वक कार्य सम्पादन गरी उच्च ओहदामा रहन सफल भएका छन् ।

शान्त वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरुद्वारा अध्यापन गराइने यस संस्थामा नेपालकै उत्कृष्ट Clean Panel Modular Science Lab रहेको छ ।

sai global 4

sai global 5