ताजा अपडेट

ट्रेन्डिङ

बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र ५, २०७९
365 पटक हेरिएको
बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक

विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी तेस्रो प्रभुदास मेमोरियल कराँते प्रतियोगिता २०७९ मा बिनायक शिक्षा निकेतन ई से स्कूलले स्वर्णपदक पाएको छ ।

बिनायक शिक्षा निकेतन ई से स्कूल, मध्यपुर थिमिका छात्रा वर्षा श्रेष्ठले २० के जी तौलमा स्वर्णपदक, २० केजी तौलमा सास्ता मानन्धरले रजत पदक र प्रनिशा बज्राचार्यले कास्यपदक साथै अर्को छात्रा प्रिन्सिका प्रजापतिले द्दछ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएको हो ।

स्कूलका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आज एक कार्यक्रममा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै बिद्यालयले विद्यार्थीहरूको शारीरिक विकास र अनुशासित बनाउनका लागि विविध खेलकुद तथा अतिरिक्त कृयाकलापको अभ्यास गराउदै आइरहेको बताएका थिए ।