ताजा अपडेट

ट्रेन्डिङ

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षकको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र ९, २०७९
729 पटक हेरिएको
प्राथमिक तह, तृतीय श्रेणी, शिक्षकको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दर्खास्त आव्हान गरिएको सुचना प्रकाशन गरेको छ ।

शिक्षक सेवा आयोगको मिति २०७९/१२/०८ को निर्णयानुसार रिक्त स्थानमा पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो ।

सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट मिति २०७९/१२/०९ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सकिनेछ ।

इच्छुक ब्यक्तिले आयोगको वेबसाईट https://online.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त प्रणालीबाट सम्पूर्ण विवरणहरू भरी दर्खास्त फारम भर्न सकिने छ ।

pr vi vacancy 12 9