ताजा अपडेट

ट्रेन्डिङ

पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट सामुदायिक विद्यालयमा प्रअ नियुक्त

Gyan Khabar

ज्ञानखबर संवाददाता

९ ब‌ैशाख २०८०, शनिवार
218 पटक हेरिएको
पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट सामुदायिक विद्यालयमा प्रअ नियुक्त

भक्तपुरकोको सुर्यविनायक नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा ३२ जना प्रधानाध्यापकहरु नियुक्त गरेको छ । खुल्ला प्रतिस्पर्धामार्फत पहिलो पटक यसरी नियुक्त गरिएको हो । उक्त प्रतिष्पर्धा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुबीच गरिएको थियो ।

प्रा. डा. मनप्रसाद वाग्ले, प्रा. डा. विनय कुमार कुसियत, प्रा. डा. सुशन आचार्य, प्रा. डा.प्रमिला राजभण्डारी, डा. बिष्णु कार्कीले खुल्ला प्रतिष्पर्धाबाट छनोट गरी अन्तिम नतिजा नगरपालिकाले बुझाएको हो । उनीलाई विज्ञ टोलीमा राखिएकोग थियो । नगर प्रमुख बासुदेव थापा समक्ष नतिजा बुझाएपछि नगरपालिकाले ३२ जना प्रधानाध्यापक पाएको सूचना जारी गर्दे उल्लेख गरेको छ ।

अन्तिम नतिजा घोषणा कार्यक्रममा विज्ञ टोली सहित नगर प्रमुख थापा, उप प्रमुख सरिता भट्टराई, कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कंडेल, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा अध्यक्ष प्रदिप कार्की, सूचना अधिकारि अनिरूद्र नेपाल लगायतको उपस्थिति रहेको थियो ।