ताजा अपडेट

ट्रेन्डिङ

भीम आदर्शमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

Gyan Khabar

ज्ञानखबर

शुक्र, जेष्ठ २६, २०८०
419 पटक हेरिएको
भीम आदर्शमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

भीम आदर्श आधारभूत विद्यालयमा प्रमुख अतिथि तथा भक्तपुर नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्णप्रसाद कोजूको प्रमुख आतिथ्यतामा शुक्रबार नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

सोही कार्यक्रमका उहाँले स्थानीयमा सीमित विद्यालयमा हाल अन्य क्षेत्रका विद्यार्थीको उपस्थितिले भक्तपुरको शैक्षिक क्षेत्रमा ठूलै योगदान रहेको बताउँदै निजी विद्यालयसँग प्रतिस्पर्धाको लागि सामुदायिक विद्यालयको अतिरिक्त क्रियाकलापले सघाउ पुग्ने बताउनुभयो ।

विद्यालयका प्रअ दीपक माकले देश र समाजको लागि उपगोगी विद्यार्थी तयार गर्न विद्यालयका शिक्षकहरु लागिपरेको बताउँदै विद्यार्थीहरुलाई पनि सोही अनुरुप उज्जवल भविष्यको लागि शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा सहभागिता गराइरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले विद्यार्थीहरुको क्षमता अभिवृद्धिको लागि विद्यालयले उपयुक्त मञ्च तयार गरिरहेको बताउँदै देश र जनताको सेवा गर्ने विद्यार्थी जस्ता जनशक्तिले आफ्नो धरातल बिर्सन हुँदैन भन्नुभयो ।

विद्यालयका शिक्षकद्वय रजनी कर्माचार्य र सत्यराम कासिछ्वा तथा कक्षा ६ की विद्यार्थी खुसी तामाङ लगायतले स्वागत गरेको सो कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा शैक्षिक वर्ष २०८० मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो ।

348372417 804919627885627 4912514911667478119 n