ताजा अपडेट

ट्रेन्डिङ

नेशनल कलेज अफ इन्जिनियरिङले सुरु गर्‍यो IOE Entrance Mock Test

Gyan Khabar

ज्ञानखबर

मङ्ल, भदौ ५, २०८०
803 पटक हेरिएको
नेशनल कलेज अफ इन्जिनियरिङले सुरु गर्‍यो  IOE Entrance Mock Test

नेशनल कलेज अफ इन्जिनियरिङले IOE प्रवेश परीक्षाको Mock Test आजबाट संचालन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०८०।०८१ को लागि स्नातक (B.E. / B.Arch.) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिमार्फत संचालन हुने प्रवेश परीक्षाको पूर्व तयारी स्वरुप विद्यार्थीहरुलाइ निशुल्क Mock Test संचालनमा ल्याएको कलेजका प्रिन्सिपल पुरुषोत्तम श्रेष्ठले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गर्नको लागी इन्जिनियरिङ अध्ययन संस्थानबाट संचालन गरिने केन्द्रिकृत प्रवेश परीक्षा उत्तिर्ण भएको हुनुपर्दछ । सोको तयारीमा रहेका विद्यार्थीहरुलाइ सहयोग हुने हेतुले नेशनल कलेज अफ इन्जिनियरिङले Mock Test संचालनमा ल्याएको साथै इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ पाठ्यक्रम अनुसार यो नै पहिलो Mock Test रहेको कलेजको दावी रहेको छ।

Mock Test आजबाट केही दिन संचालन हुने कलेजले जानकारी दिएको छ। ताल्छिखेल, सातदोबाटोस्थित नेशनल कलेज अफ इन्जिनियरिङ २०५८ सालमा स्थापना भएको र सो कलेजमा Civil, Computer, Electrical तथा Electronics Communication and Information इन्जिनियरिको अध्यापन गराइँदै आएको छ ।

national colg

IOE प्रवेश परीक्षाको Mock Test मा सहभागी हुन चाहने विद्यार्थीहरुले तलको लिङ्कमा नाम दर्ता गराउन सकिनेछ ।
https://nce.edu.np/new/mock-test/

national mock test gyan

IMG 20230822 WA0002