ताजा अपडेट

ट्रेन्डिङ

विद्या निकुञ्ज माविले गर्‍यो सहयोगी दातालाइ सम्मान

Gyan Khabar

ज्ञानखबर

आइत, भदौ ३१, २०८०
951 पटक हेरिएको
विद्या निकुञ्ज माविले गर्‍यो सहयोगी दातालाइ सम्मान

श्रीविद्या निकुञ्ज माध्यमिक विद्यालयले सहयोगी दातालाइ सम्मान गरेको छ ।

विद्यालयमा स्वच्छ पिउने पानी तथा कम्प्युटर कक्ष व्यवस्थापनका लागि भानु -१०, हाल मकाउ रहेका विद्यालयका पूर्व विद्यार्थी किशोर प्रकाश गुरुङले एक लाख छ हजार रुपियाँ पूर्व विद्यार्थी मञ्चका अध्यक्ष राजु थापा मगर मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै भानु-१२ ,बयापानीका विद्यालयका पूर्व विद्यार्थी विमल अधिकारीले पनि पूर्व विद्यार्थी मञ्च मार्फत KG कक्षामा अध्ययनरत २ विद्यार्थीलाई शैक्षिक सहजीकरणका लागि भनी जनही ७/७ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा सहयोगी दाता किशोर प्रकाश गुरुङलाई पूर्व विद्यार्थी मञ्चका अध्यक्ष थापा मगर, विद्यालयकी प्रधानाध्यापक वसन्ती शर्मा (घिमिरे) तथा वि.व्य.स. अध्यक्ष इमानबहादुर थापा मगरले खादा ओढाइ तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

bidhya samman2