ताजा अपडेट

ट्रेन्डिङ

बागीश्वरी कलेजका विद्यार्थीले गरे नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण

Gyan Khabar

ज्ञानखबर

१२ असोज २०८०, शुक्रबार
998 पटक हेरिएको
बागीश्वरी कलेजका विद्यार्थीले गरे नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण

भक्तपुरको बागीश्वरी कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले शुक्रबार जिल्लाकै एउटा निर्माण कम्पनीको अवलोकन भ्रमण गरेका छन् ।

कलेजका वीवीए दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण गरेका हुन् । भ्रमणमा २२ जना विद्यार्थी सहभागी थिए ।

विद्यार्थीलाई व्यवसायिक अवसर तथा चुनौतीको विषयमा जानकारी दिने उद्देश्यले शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको कलेजले जनाएको छ ।

विद्यार्थीलाई इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले स्लाइट प्रिजेन्टेशन गरी इको प्यानलका विविध पक्षकाबारेमा जानकारी गराएका थिए । साथै इको प्यानलका व्यवस्थापक विक्रम गोसाईले पनि इको प्यानलका अनेक विषेशताहरुबार चर्चा गरे ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, अग्निप्रतिरोधी, तीव्र निर्माण सम्भब हुनुलगायतका कारण पछिल्ला वर्षहरुमा यसको माग वढ्दो छ ।