ताजा अपडेट

ट्रेन्डिङ

त्रि.वि. इन्जिनियरिङ प्रवेश परीक्षा कार्तिक १४ गते देखी, शुल्क ४ लाख ९० हजार

Gyan Khabar

ज्ञानखबर

२० असोज २०८०, शनिवार
467 पटक हेरिएको
त्रि.वि. इन्जिनियरिङ प्रवेश परीक्षा कार्तिक १४ गते देखी, शुल्क ४ लाख ९० हजार

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालय, प्रवेश परीक्षा बोर्डले शैक्षिक बर्ष २०८०/०८१ को स्नातक (बि.ई/बि. आर्क तह) को विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

शैक्षिक वर्ष २०८०/०८१ को स्नातक (बि.ई/वि.आर्क तह) का विभिन्न कार्यक्रमहरुमा इ.अ.सं. का आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिवाट संचालन गरिने प्रवेश परीक्षाको फाराम मिति २०८० असोज २२, २३ र २४ गते सम्म फाराम भर्ने समय थप गरिएको छ ।

प्रवेश परीक्षा मिति २०८० भाद्र २५ गते देखि संचालन हुनुपर्नेमा विशेष कारणवश संचालन हुन नसकेको हुँदा उक्त प्रवेश परीक्षा मिति २०८० कार्तिक १४ गते देखी संचालन गर्ने भएको छ । साथै यस अघि फाराम भरीसकेका विद्यार्थीहरुले पुनः फाराम भर्नु नपर्ने जनाएको छ ।

साथै इन्जिनियरिङ्ग अध्ययन संस्थान कार्यान्वयन समितिको मिति २०८०।०६।१९ गतेको निर्णय नं. २८७९ अनुसार (४ बर्षको) धरौटी सहित नियमित तर्फ ५६,७००।००, पूर्ण शुल्कीय तर्फ रु.४,९०,०००।०० र बिदेशी बिद्यार्थीको हकमा रु १३,१३,५००।०० शुल्क कायम गरेको छ ।