ताजा अपडेट

ट्रेन्डिङ

त्रि.वि. इन्जिनियरिङ प्रवेश परीक्षाको नतीजा प्रकाशित (नतीजा सहित)

Gyan Khabar

ज्ञानखबर

२१ कार्तिक २०८०, मङ्गलबार
1114 पटक हेरिएको
त्रि.वि. इन्जिनियरिङ प्रवेश परीक्षाको नतीजा प्रकाशित (नतीजा सहित)

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालय, प्रवेश परीक्षा बोर्डले शैक्षिक बर्ष २०८०/०८१ को स्नातक (बि.ई/बि. आर्क तह) को विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षाको नतीजा प्रकाशित गरेको छ ।

इ.अ.सं. प्रवेश परीक्षा बोर्डबाट शैक्षिक बर्ष २०८०/०८१ को लागि स्नातक (B.E./B.Arch) तहको मिति २०८०/०७/१४ देखि २०८०/०७/२० गते सम्म सूचना प्रविधिको आधारमा कम्प्यूटर विधि मार्फत संचालित प्रवेश परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुको नतीजा प्रकाशित गरिएको हो ।

प्रकाशित नतीजालाई आधार मानी केन्द्रिकृत भर्ना अनुगमन समितिले प्रकाशित गर्ने कार्य तालिका अनुसार इ.अ.सं. अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुलाई भर्ना सम्बन्धी कार्य गर्न गराउनु हुन भनिएको छ । इ.अ.सं. केन्द्रिकृत भर्ना अनुगमन समितिले २०८० मंसिर ०५ गते https://admission.ioe.edu.np बाट कार्य तालिका प्रकाशित गर्नेछ ।

शैक्षिक सत्र ०८०।०८१ को स्नातक (B.E. / B. Arch) तहको प्रवेश परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धि जानकारी तथा निर्देशिका २०८० अन्तर्गत बुंदा नं ६ मा उल्लेख भएको आंगिक क्याम्पसहरुका विभिन्न कोटाहरुमा आवेदन दिन चाहने उम्मेदवारहरुले आफु सो कोटामा योग्य हुने, नहुनेका लागी चाहिने आवश्यक कागजातहरु सहित मिति २०८०।०७।२४ गते भित्र ICTC, IOE, पुल्चोकमा आवेदन दिन भनिएको छ ।