ताजा अपडेट

ट्रेन्डिङ

एभरेष्ट स्कुलमा तीनदिने थिम सेलिब्रेशन सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

२४ कार्तिक २०८०, शुक्रबार
137 पटक हेरिएको
एभरेष्ट स्कुलमा तीनदिने थिम सेलिब्रेशन सम्पन्न

भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलमा तीनदिने थिम सेलिब्रेशन २०८० सम्पन्न भएको छ ।

सो कार्यक्रममा ससाना नानीहरुलाई मोवाइल नभइ समय दिन सहभागीहरुले जोड दिएका थिए । अभिभावकहरुले फुर्सद् नभएको भन्दै ससाना बालबालिकाहरुलाई मोवाइल दिंदा बालबालिका सामाजिक हुन नसकेको उनीहरुको भनाई छ ।

थिम सेलिब्रेशन २०८० मा सहभागीहरुले बालबालिकाहरुलाई अभिभाबकहरुले समय दिनु अत्यन्त जरुरी रहेको बताए ।

कार्यक्रममा संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले समय छैन भने बरु बालबालिकाहरुलाई आमाले खाना पकाउँंदा भान्छामै लगेर भएपनि तरकारी केलाउन, काटन, खाना पकाउन गरेको काम देखाउन आग्रह गरे । उनले मोवाइलको लतले विद्यार्थीमा एकोहोरोपना हुनेलगायतका अनेक समस्या देखिएको अनुभब सुनाए । शिक्षकशिक्षिका तथा तिनका अभिभाबकहरु सहभागी भएको कार्यक्रम तीनदिनसम्म चलेको थियो ।