लोक सेवा आयोगले बढुवा, खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दरखास्त आव्हान गरेको गरेको छ ।
निजामती सेवा तर्फका रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदहरुमा बढुवा, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सकिनेछ ।
तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक ब्यक्तिले आयोगको वेबसाईट psconline1.psc.gov.np मार्फत अनलाइन दरखास्त प्रणालीबाट सम्पूर्ण विवरणहरू भरी दर्खास्त फारम भर्न सकिने छ ।