ताजा अपडेट

ट्रेन्डिङ

विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सिमित राख्ने गल्ती नगरौं

Gyan Khabar

ज्ञानखबर

१७ माघ २०८०, बुधबार
151 पटक हेरिएको
विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सिमित राख्ने गल्ती नगरौं

विद्यार्थीलाई पाठ्यपुस्तकमै सिमित राख्न नहुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। एभरेस्ट स्कुलमा बुधबार भएको इसीए (अतिरिक्त क्रियाकलाप) अवार्ड डिष्टिव्युसन तथा वार्षिक सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै शिक्षासँंग सरोकारवालाहरुले शिक्षालाई व्यवहारसँंग जोडनुपर्नेमा जोड दिए।

पाठ्यपुस्तकका साथै उनीहरूलाई अन्य विभिद् जीवनउपयोगी शिक्षा दिनु आवश्यक भएको उनीहरूले बताए।

शिक्षासेवी एवम् पूर्वप्रधानाध्यापक रामगोपाल कर्माचार्यले विद्यार्थीलाई स्कुलमा शिक्षाका साथसाथै जीवन आइपर्ने अनेक समस्याहरूसँंग जुध्नसक्ने गरी तयार पार्नुपर्नेमा जोड दिए। स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले आजका विद्यार्थीलाई दिइएको शिक्षा अनुसार नै भोलि उनीहरू त्यही रपमा अगाडि आउने भन्दै शिक्षाका साथसाथै अनेक क्रियाकलापबाट विद्यार्थीलाई दक्ष बनाउने उद्देश्य आफूहरुको रहेको बताए।

कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी भई उत्कृट हुन सफल दुई सय ३६ जना विद्यार्थी पुरस्कृत भएका थिए। साथै विद्यार्थीले दिनभर सांस्कृतिक कार्यक्रमहरू पनि देखाएका थिए।