ताजा अपडेट

ट्रेन्डिङ

हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता सम्पन्न, माेडर्न स्कुल प्रथम

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन ४, २०८०
181 पटक हेरिएको
हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता सम्पन्न, माेडर्न स्कुल प्रथम

हिसान भक्तपुरको आयाेजना र सुप्रिम एकेडेमीकाे संयाेजनमा दोस्रो हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

प्रतियोगितामा छात्र एकल तर्फ माेडर्न स्कुलकाे विकेन दृष्टी प्रथम, सुप्रिम एकेडेमीको स्वरूप थापा  दृतीय र  एस एस कलेजकाे आशिष पाण्डे तृतीय भए ।छात्रा एकल तर्फ माेडर्न स्कुलकाे दीया देउला प्रथम,  माेडर्नकै आशिका कासिछ्वा दृतीय र काठमाडौं वर्ल्ड स्कुलकाे कजिना ख्यामली तृतीय भए । मिक्स डबल तर्फ माेडर्न स्कुलकाे दीया देउला र विकेन दृष्टी प्रथम,   काठमाडौं वर्ल्ड स्कुलको आशिका ख्यामली र सिद्दान्त आचार्य  दृतीय र  सुप्रिमकाे प्रिमिता राई र विकल्प श्रेष्ठ तृतीय भए ।

फाल्गुन ३ गते हिसान भक्तपुरको अध्यक्ष अनिल कसपाल र केन्द्रीय हिसानकाे काेषाध्यक्ष तथा सुप्रिम एकेडेमीकाे प्राचार्य विरेन्द्र जयनाद्वारा उद्घाटन गरिएकाे याे प्रतियोगिताकाे पुरस्कार वितरण हिसान भक्तपुरकाे अध्यक्ष अनिल कसपालकाे सभापतित्वमा मध्यपुर नगरपालिकाकाे वडा नम्बर ६ काे वडा अध्यक्ष ज्ञानदास प्रजापतिकाे प्रमुख आतिथ्यतामा, प्रतियोगिताकाे संयाेजक, केन्द्रीय हिसानकाे काेषाध्यक्ष तथा सुप्रिम स्कुलकाे प्राचार्य विरेन्द्र जयना, हिसान भक्तपुरको सचिव दिनेश पाण्डेय, सुप्रिम एकेडेमीको शैक्षिक संयाेजक उद्दव कार्की, इन्चार्ज विष्णु  सापकोटा, विभिन्न विद्यालयबाट उपस्थित भएका शिक्षक, काेच र विद्यार्थीहरूकाे उपस्थितिमा भएको थियो ।

hisantt2 hisantt3