ताजा अपडेट

ट्रेन्डिङ

गोकुलगंगा माविको स्वर्ण जयन्ती सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, फाल्गुन १६, २०८०
140 पटक हेरिएको
गोकुलगंगा माविको स्वर्ण जयन्ती सम्पन्न

रामेछाप जिल्लाको गोकुलगगा गाउपालिका-३ पात्ले डाडास्थित गोकुलगंगा माविको स्वर्ण जयन्ती प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेले गोकुलगगा गाउपालिकाको भुगोल, कृषि उत्पादन, जलविद्युत, पर्यटन, जडिबुटी लगायत थुप्रै सम्भावना बोकेको पालिका भएको बताए उनले अर्को प्रसङ्गमा गोकुलगगा माविको महत्त्वपूर्ण सवर्ण जयन्ती समारोहमा बोलाएर अवसर दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु भनि धन्यवाद दिए ।

सभामुख घिमिरेले शिक्षा एन छलफलमा छ यो चाडै पास हुने कुरामा आफु विश्वत रहेको बताएका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्दै गोकुलगगा माविका प्रधानध्यापक छत्र बहादुर सुनुवारले गोकुलगगा माविको स्थापना काल देखि बर्तमान अवस्था सम्मको जानकारी दिएका थिए ।

कार्यक्रममा मावि स्थापना गर्ने प्रधानद्यापकका आफन्त, अध्यक्षका आफन्त, सिक्षक लगायतलाइ प्रमुख अतिथिको हाततवाट सम्मान पत्रले सम्मानित गरिएको थियो।

आमन्त्रित अतिथिहरु मध्यवाट प्रतिनिधित्व गरि प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ, प्रदेश सभासद आनन्द कुमार श्रेष्ठ, गोकुलगगा गाउपालिका अध्यक्ष काजी बहादुर खडका, गोकुलगगा गाउपालिका निवर्तमान अध्यक्ष खडक बहादुर सुनुवार, रास्वपाका रामेछापका प्रतिनिधि बिष्णु कार्की लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन बिष्णु प्रसाद पौडेल र गुणा बहादुर बिकले गरेका थिए।