ताजा अपडेट

ट्रेन्डिङ

एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजेताहरु पुरस्कृत

Gyan Khabar

ज्ञानखबर संवाददाता

३० फाल्गुण २०८०, बुधबार
126 पटक हेरिएको
एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजेताहरु पुरस्कृत

एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजेताहरु पुरस्कृत भएका छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ को ११ औं संस्करणका प्रतिस्पर्धीहरमध्ये उत्कृष्ट पाँंच जना विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आर्किटेक्चर विषयका चौथो वर्षका विद्यार्थीहरूबीच सम्पन्न भएको प्रतियोगितामा १६ जना विद्यार्थी सहभागी रहेका थिए । सहभागीमध्ये उत्कृष्ट ५ विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

प्रतियोगितामा पूजा राई सर्वात्कृष्ट विद्यार्थी घोषित भई नगद रु ५० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा फस्ट रनर अप स्पर्श शर्माले नगद रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । सेकेण्ड रनर अपमा अंशु प्रजापतिले नगद रु १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना पुरस्कार सलिना थापा र सुवास चन्दले पाए । उनीहरुले नगद रु पाँंचपाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

आर्किटेक्चर विभाग नेक सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । यहाँं सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाल इन्जिनियरिङ कलेज राउण्ड डिजाइन प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट पाँच विजेताले राष्ट्रियस्तरको एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगितामा अन्य विभिन्न कलेजका उत्कृष्ट ५ आर्किटेक्चर विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । यस प्रतियोगिताको विजेताले भविष्यको हिरोको उपाधि प्राप्त गर्ने जनाइएको छ । शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत आर्किटेक्चर उद्योगमा वास्तुकलामा एक्सपोजर पाउने छन् ।