ताजा अपडेट

ट्रेन्डिङ

विद्यालयमा शिक्षकलाई हाजिर नगराउन तालाबन्दी

Gyan Khabar

ज्ञानखबर संवाददाता

२४ ब‌ैशाख २०८१, सोमबार
98 पटक हेरिएको
विद्यालयमा शिक्षकलाई हाजिर नगराउन तालाबन्दी

बाराको निजगढ नगरपालिका-१० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा शिक्षक सेवा आयोग मार्फत जिल्ला शिक्षा समन्वय इकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन स्थानीयले तालाबन्दी गरेको छ । करिव एकहप्ताबाट विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकोले विद्यालयको व्यवस्थापनमा अध्यक्ष बाहेका अन्य ४ जना सदस्यको चयन भइसकेकाले आफुनिकट शिक्षकलाई विद्यालयमा ल्याउन उनीहरु लागी परेका हुन् । सोही अनुसार उनीहरूले प्रधानाध्यापक साहको कार्यकक्षमा भएको तालाबन्दी गरेका थिए । जस कारण करिव एक हप्ता विद्यालयमा अध्ययनरत ४ सय ५० भन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प भएको थियो । तर, सोमबारबाट भने विद्यालय सञ्चलन भएता पनि तालाबन्दी भने कायमै रहेको छ।

विद्यालय प्रशासनले नगर शिक्षा समितिले पदास्थपना गरेका शिक्षकहरूलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको र सरुवा प्रक्रिया पनि पूरा नभएकोले हाजिर गराउन नसकिने जनाएको छ । आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भए पनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएको छैन ।