रूपान्तरित शिक्षा,आजको आवश्यकता : विद्यार्थीको सर्वाङ्गिण विकास, विनायकको प्राथमिकता भन्ने कुरा आत्मसात गर्दै प्रगतिशील सोचको आधारमा रूपान्तरित शिक्षा प्रदान गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल ,मध्यपुर ठिमी भक्तपुरले यही २०८१ ज्येष्ठ १० गते कक्षा एलकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
विद्यालयका संस्थापक सुरेन्द्रविक्रम प्रजापतिको अध्यक्षतामा तथा पूर्व प्रावी तहमा अध्यापनरत शिक्षिकाहरुको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यालयका सह प्रिन्सिपल प्रेमप्रसाद निरौला, शैक्षिक संयोजक शैलेन्द्र भट्टराई ,पूर्व प्रावी निर्देशक शोभा प्रजापति, कम्प्युटर इन्चार्ज राजेन्द्र नकर्मी एवं लेखापाल रामचन्द्र प्रजापतिले आआफ्नो धारणा राखेका थिए।
अधिकांश अभिभावकहरूको उपस्थितिमा आयोजित उक्त कार्यशाला गोष्ठीले अभिभावक सचेतना, समूह कार्य, प्रयोगात्मक शिक्षण क्रियाकलाप अभ्यास, प्रविधिमैत्री वातावरण निर्माणमा अभिभावकको भूमिका विषयमा छलफल एवं अभिभावकहरुलाई आफ्ना नानीबाबुहरूको पठनपाठनमा कसरी सहभागी गराइँदो रहेछ भन्ने कुराको जानकारी गराइएको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले युगको चाहना अनुसारको स्तरीय वैज्ञानिक एवं प्रगतिशील सोचको रुपान्तरित शिक्षाका लागि लागि पर्नुपर्ने र विद्यालय अभिभावक र शिक्षक शिक्षिका सचेत एवं जागरुक भएर लागि पर्न सके सर्वाङ्गीण विकासयुक्त विद्यार्थी तयार गर्न सकिने कुरा बताउनुभयो। साथै सो कार्यक्रममा उपस्थित अभिभावकहरुले विद्यालयका यस्ता गतिविधिहरूको प्रशंसा गर्दै यस्ता उत्कृष्ट क्रियाकलापहरुका लागि अभिभावकको सदैव सहयोग रहने कुरा पनि बताएका थिए।