ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरमा छाती रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, जेष्ठ २०, २०८१
420 पटक हेरिएको
भक्तपुरमा छाती रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न

मानन्धर ब्यायाम मन्दिरको आयोजना र जापान नेपाल हेल्थ एण्ड टि.बी. रिचर्स एसोसिएसनको प्राविधिक सहयोगमा साःकोलान टोल, भक्तपुरमा छाती रोग सम्बन्धि निःशुल्क एक्सरे परिक्षण शिविर सम्पन्न भएको छ ।

शिविरमा पुरूष १०० जना र महिला १२८ गरी २२८ जनाको स्वास्थ्य परिक्षण गरिएको थियोे । शिविर सकिए पश्चात् मानन्धर ब्यायाम मन्दिरका अध्यक्ष अस्तलाल मानन्धरले जापान नेपाल हेल्थ एण्ड टि.बी. रिचर्स ऐसोसियसनका प्राविधिक टोलीलाई धन्यवाद व्यक्त गरे ।

स्वास्थ्य परिक्षण बिहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म भएको थियोे ।

3sHBFp b