ताजा अपडेट

ट्रेन्डिङ

विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा व: महोत्सव

Gyan Khabar

ज्ञानखबर

८ असार २०८१, शुक्रबार
254 पटक हेरिएको
विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा व: महोत्सव

मध्यपुर ठिमी ,भक्तपुर गुणस्तरीय शिक्षा आजको आवश्यकता : सांस्कृतिक संरक्षण विनायकको विशेषता भन्दै विद्यार्थीहरूको सर्वाङ्गिण विकास हुने पूर्वीय चिन्तन र पश्चिमी ज्ञान सशक्त रुपमा विद्यार्थी माझ पुर्याउन सफल मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही असार ७ गते व: महोत्सव कार्यक्रमको आयोजना गरियो।

स्थानीय पाठ्यक्रमको आवश्यकता परिपूर्ति गर्न तथा स्कुल इन्टरप्राइजेज च्यालेन्ज SECCA कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई इन्टरप्रेनर/ उद्यमशील बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए। विशेष गरेर विद्यालयले स्थानीय पाठ्यक्रमको उद्देश्य अनुसार नेवारी संस्कृति र परम्परा अनुसार सिठी नखका दिन बनाइने स्वस्थवर्धक खानाको परिकार व :विद्यालय परिसरमै आफैँले बनाएर प्रयोगात्मक ज्ञान प्राप्त गर्न सकेको र त्यसलाई बेचेर कसरी आत्मनिर्भर बन्न सकिने रहेछ भन्ने व्यावहारिक ज्ञान प्राप्त गर्न सकेको कुरा विद्यालयका सहप्रिन्सिपल प्रेमप्रसाद निरौलाले बताउनुभयो ।

सांस्कृतिक आदानप्रदान गर्ने क्रममा ताइवान युनिभर्सिटीबाट आएका विद्यार्थीहरुले यस्ता प्रयोगात्मक तथा व्यावहारिक ज्ञानले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पर्ने र भविष्यमा यसैलाई व्यवसाय बनाएर उद्यमशील नागरिक तयार गर्न विद्यालयले खेलेको भूमिकाको प्रशंसा समेत गरेका थिए। कार्यक्रमको सफलताको शुभकामना दिँदै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शिक्षालाई व्यवहारमा उतार्न र प्रयोगका आधारमा ज्ञान दिइ दक्ष स्वावलम्बी र आत्मनिर्भर नागरिक बन्नका लागि विद्यालय स्थापनाकालदेखि नै लागिपरेको तथा रूपान्तरित शिक्षा आजको माग र आवश्यकता भएकोले सो कार्यमा जोड दिन विद्यार्थीहरूलाई यी यस्ता क्रियाकलापमा सहभागी गराउँदै आएको कुरा बताउनुभयो । कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरुले विद्यालय हाताभित्रै आफूले बनाएका परिकार खान पनि पाएको र अरुलाई खुवाउने पनि अवसर दिएकोमा विद्यालय परिवार एवं SECCA प्रति आभार समेत व्यक्त गरेका थिए।