ताजा अपडेट

ट्रेन्डिङ

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक, ४८% उत्तीर्ण

Gyan Khabar

ज्ञानखबर

बिहि, असार १३, २०८१
2049 पटक हेरिएको
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक, ४८% उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको छ । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो । ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन् ।

बोर्डले दिएको जानकारी अनुसार १८६ जनाले ४ जिपिए ल्याएका छन् ।

यसरी हेर्न सकिन्छ एसइईको नतिजा:

seere10