ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा धान रोपाई कार्यक्रम

Gyan Khabar

ज्ञानखबर

आइत, असार १६, २०८१
506 पटक हेरिएको
विनायकमा धान रोपाई कार्यक्रम

व्यावहारिक र सीपमूलक शिक्षा: आजको आवश्यकता भन्ने कुरालाई सार्थक पार्न प्रगतिशील सोचको रूपान्तरित शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाई कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयको पूर्व प्राथमिक तहका शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले विद्यालय परिसर भित्रै रमाई रमाई धान रोपेका थिए ।

विशेष गरेर धान रोपाईसँग सम्बन्धित ज्ञान र सीप प्रयोगात्मक रुपमा विद्यार्थीहरुलाई सिकाउनु, धान रोपाईका विधि र तरिकाहरु विद्यार्थीहरुलाई प्रत्यक्ष सहभागी गराई ज्ञान प्रवाह गर्नु, कृषि प्रधान देशका कृषकहरुको दैनिक गतिविधिहरु विद्यार्थीहरुलाई जानकारी गराउनु विद्यालयको उद्देश्य रहेको कुरा विद्यालयकी पूर्व प्रावी इन्चार्ज शोभा प्रजापतिले बताए ।

अभिभावकहरूको प्रत्यक्ष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा आफ्ना नानीहरूको ज्ञानको क्षितिज फराकिलो बनाउन साथै ज्ञानसिप र प्रविधियुक्त शिक्षालाई प्रयोगात्मक रुपमा विद्यालयले आफ्ना नानीहरुलाई दिएकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।