मध्यपुर थिमि नगरपालिका वडा नं ५ स्थित, भक्तपुर जिल्लाकै अग्रणी विद्यालय, विनायक शिक्षा निकेतन ईङ्गलिस सेकेण्डरी स्कूल सर्वसाधारणका छोराछोरीहरुलाई न्यून शुल्कमा संस्कार युक्त गुणस्तरीय शिक्षा प्रदान गर्न वि.सं २०४५ सालमा स्थापना भएको हो ।
विद्यालयले विगत बर्षहरुमा शैक्षिक उपलब्धीको रुपमा एस.एल.सी २०६४ सालमा नेपाल प्रथम स्थान हासिल गर्न सफल भएको थियो । धेरै पटक जिल्ला र नगरमा एसएलसी र एसइईमा सर्वोकृष्ट नतिजा हासिल गरिसकेको गौरबमय ईतिहास छ । विनायक शिक्षा निकेतन स्कूल शैक्षिक क्षेत्रमा मात्र नभई विविध अत्तिरिक्त क्रियाकलापहरुमा समेत अब्वल विद्यालयको रुपमा चिनिन्छ ।
विशेषगरी संगीत, नृत्य र साँस्कृतिक क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समेत विद्यार्थीहरुले सहभागी भई धेरै पुरस्कारहरु जित्न पनि विद्यालय सफल भएको छ । आफ्ना विद्यार्थीहरुलाई पढाईको अलावा विभिन्न अन्तरराष्ट्रिय शैक्षिक तथा सामुदायिक विकास तालिममा गएका विद्यार्थीहरुलाई भुटान, बंगलादेश, श्रीलंका, भारत, चीन, जापान, फ्रान्स र अमेरिकासम्म सहभागी गराई अन्तरराष्ट्रिय जगतमा समेत ख्याती कमाई सकेका छन् ।
यस विद्यालयमा चिनियाँ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र अन्य यूरोपियन राष्ट्रहरुबाट समेत स्वयम् सेवक शिक्षकहरुको आगमन नियमित रुपमा हुने गरिएको छ ।
शैक्षिक सत्र २०७५ देखि कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, कानून र फाइन आर्ट विषयहरुको पठन–पाठन शुरु भएको छ भन्ने हालसम्म कक्षा ११-१२ मा पनि शत प्रतिशत परीक्षाफल हासिल गर्न सफल भएको छ । यस विद्यालयमा व्यवस्थापन, मानविकी र कानुन सुचारु रुपले पठनपाठन भइरहेको छ ।
विद्यालयको मुख्य विशेषताहरु
- ३५ वर्षको शैक्षिक उत्कृष्टता ।
- दक्ष र योग्य शिक्षकको व्यवस्था ।
- Banking Training तथा Job अवसर प्रदान गरिने ।
- संचार तथा पत्रकारिता ट्रेनिङ्गको व्यवस्था ।
- भर्ना फाराम Online मार्फत पनि भर्न सकिने ।
- National SQC School award 2023.
- प्रविधि मैत्री शैक्षिक वातावरण ।
- Winner of British Council ISA 2021-24.