ताजा अपडेट

ट्रेन्डिङ

शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता विकास गर्नुपर्ने

Gyan Khabar

ज्ञानखबर

२६ असार २०८१, मङ्गलबार
243 पटक हेरिएको
शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता विकास गर्नुपर्ने

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ज्ञान समृद्धिको आधार भएकाले शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता पनि अभिवृद्धि बढाउनुपर्ने बताएको छ ।

केन्द्रबिन्दु डटकमद्वारा आज आयोजित दोस्रो ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा सम्बोधन गर्दै अध्यक्ष दाहालले राणा शासन र पञ्चायतकलासम्म ठुलाठालुको पहुँचमा रहेको शिक्षा अहिले सबैको पहुँचमा पुगेकाले देशलाई आवश्यक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याए ।

उनले यस वर्षको एसइई परीक्षाको नतिजाले शिक्षाको गुणस्तर कमजोर देखिएको हुँदा गुणस्तरीय शिक्षाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिँदै सदनमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई छलफलका आधारमा गुणस्तरीय शिक्षाको आधार तयार गर्ने गरी पारित गराउने विश्वास दिलाए ।

कार्यक्रममा विशिष्ट शिक्षा सम्मानबाट शिक्षासेवी चाँदनी जोशी, प्रा.डा.श्रीरामभगत माथे, सूर्य कार्की, दिप्पी आचार्यलगायतलाई सम्मानित गरिएको थियो ।

साथै कार्यक्रममा उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालयलाई सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीलाई करिअर काउन्सिलिङ पनि दिइएको थियो ।