ताजा अपडेट

ट्रेन्डिङ

मंगल बहुमुखी क्याम्पसमा छैठौँ प्रोजेक्ट मिट सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, साउन १६, २०८१
381 पटक हेरिएको
मंगल बहुमुखी क्याम्पसमा छैठौँ प्रोजेक्ट मिट सम्पन्न

मंगल बहुमुखी क्याम्पसमा छैठौँ प्रोजेक्ट मिट मंगलवार भव्य रुपमा सम्पन्न भएको छ । शिक्षाशास्त्र संकाय बि.एड तेस्रो वर्षको स्वास्थ्य तथा शारीरिक शिक्षा अध्ययनरत विद्यार्थीहरुले प्रोजेक्ट मिट आयोजना गरेको हो ।

सहायक क्याम्पस प्रमुख रकी महर्जन र क्याम्पस प्रमुख प्रदिप महर्जनले कार्यक्रम सफलताको लागि शुभकामना दिए । प्रोजेक्ट मिट उद्‌घाटन गर्दै उनले आधारभूत अनुसन्धान तथा प्रोजेक्ट मिटको आंशिक पाठ्‌यांश पूरा गर्न प्रयोगात्मक परीक्षाको रुपमा सञ्चालन भएपछि यस्तोशैक्षिक क्रियाकलापले देशमा खेलकुदको विकास भई रहेको बताए ।

1722397936725

प्रोजेक्ट मिटमा पुरुष टेबलटेनिस प्रतियोगिता र महिला तर्फ़ सटपुट इभेन्ट आयोजना गरेको थियो ।

मिटमा पुरुष टेबलटेनिस तर्फ जोन के.सी. प्रथम, नरेश बोहरा द्धितिय र धन बहादुर वि.क. तथा निकेश मानन्धर तृतीय भएका थिए । साथै महिला सटपुटमा अस्मिता कडायत प्रथम, मुना बिष्ट द्वितिय र अम्बिका बोहरा तृतीय भएका थिए ।

विजेतालाई प्रोजेक्ट मिटका प्रमुख अतिथि महेन्द्र-रत्न क्याम्पसका उप प्राध्यापक कोपिल थापाले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

बि.एड तेस्रो वर्षका विद्यार्थी भावना लामाको सभापतित्वमा भएको कार्यक्रम श्याम कडायतले संचालन गरेका थिए भने प्रमिला घिसिङ्गले स्वागत गरेका थिए ।