विनायक साहित्यिक क्लवको सक्रिय सहभागितामा विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले श्रावण १८ गते शुक्रबार कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु बिच बिभिन्न तहमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
कविता प्रतियोगितालाई तिन तहमा संचालन गरिएको थियो । ४/५ , ६/७ तथा ८,९ र १० समुहमा भएको कबिता प्रतियोगितामा चालीस कवि कवयत्रीहरुले आ आफ्ना कबिता बाचन गरेका थिए ।
निकै उत्साजनक रुपमा सम्पन्न उक्त कविता प्रतियोगितामा ४/५ बाट एभलिन श्रेष्ठ प्रथम, सम्यक प्रजापति द्वितीय र कृष्टेला तामाङ्ग तृतीय भए भने ६/७ बाट तुलज प्रजापति प्रथम, सागर दुलाल द्वितीय तथा षष्ठिका बरुवाल तृतीय स्थान हासिल गरे । साथै ८-१० समुहमा अमृता गोले प्रथम, सुबिरा श्रेष्ठ द्वितीय र सुजिना कुम्पाखा तृतीय भए ।
प्रतियोगितामा बिद्यालयका सहायक प्रिन्सिपल प्रेम निरौलाले सहित्यको महत्व तथा भानुभक्तले एउटा सानो मानिस घाँसिको अर्ति पाई साहित्यिक आकासमा एउटा कहित्यै नअस्ताउने नक्षत्रका रुपमा सदा चम्कन सफल भएको बताउदै बिद्यार्थी भाइबहिनिलाइ सहित्य लेखनमा हौसला दिए ।
बिद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतीले विद्यार्थी जहिले पनि सृजनशिल हुनुपर्ने सृजनशिल बिद्यार्थि नै जिवनमा सफल हुने बताउदै बिजेता भाइबहिनिहरुलाइ पुरस्कृत गरे ।
कार्यक्रमलाई सुन्दर तरिकाले संचालन गर्ने कक्षा १० का छात्राहरु सायाबुङ्ग राई तथा सुबिरा श्रेष्ठले यस्ता साहित्यिक कार्यक्रमले हामी बिद्यार्थीहरु सृजनशिल हुने र पढाइमा पनि धेरै मद्दत पुग्ने भएकाले निरन्तर यस्ता कार्यक्रम गरिरहने बिनायक शिक्षालाइ धन्यबाद व्यक्त गरे ।