ताजा अपडेट

ट्रेन्डिङ

शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री ओली

Gyan Khabar

ज्ञानखबर

१ भदौ २०८१, शनिवार
585 पटक हेरिएको
शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताएको छ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा उनले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले भने “शिक्षकका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ” ।

अघिल्लो सरकारले शिक्षकलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्क भएर शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गरे । उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकल सुधारका लागि सरकार तत्पर रहेको बताए ।

प्रधानमन्त्री ओलीले शिक्षकले आफ्नो कर्म र दायित्वलाई इमान्दार रुपमा निर्वाह गर्न भने। ‘‘कक्षाकोठाभन्दा बाहिर पनि शिक्षक समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ। शिक्षक हुनु भनेको जागिरे हुनु होइन, एक प्रकारको जागरण हो’’, प्रधानमन्त्री ओलीले भने ।