ताजा अपडेट

ट्रेन्डिङ

साइनिङ्ग स्कुलका विद्यार्थीले नाचे घिन्ताङ घिसी

Gyan Khabar

ज्ञानखबर

शुक्र, भदौ ७, २०८१
1102 पटक हेरिएको
साइनिङ्ग स्कुलका विद्यार्थीले नाचे घिन्ताङ घिसी

भक्तपुरको चागुनारायण नगरपालिका वडा नं ५, पकुनेपाटीस्थित साइनिङ्ग इङ्गलिस सेकेण्डरी स्कुलका विद्यार्थीले शुक्रबार घिन्ताङ घिसी (लठी जुधाएर नाचिने नाच) नाच प्रदर्शन गरेका छन् ।

विगत लामो समय देखि आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कूलले पूर्खाले सिर्जेको कला र संस्कृतिलाई जर्गेना गर्ने हेतुले विगतका वर्षहरूमा झैं यस वर्ष पनि स्कूलले विद्यार्थीहरुलाई घिन्ताङ घिसी विशेष कार्यकम आयोजना गरेको हो ।

यसका साथै उक्त कार्यक्रममा जनचेतनामूलक सन्देश प्ले कार्ड प्रदर्शन गरी पकुनेपाटी, पिखेल, त्याटल टाेल, फाेजु टोल, माहाकाली, हुदै विद्यालय प्राङ्गनमा पुगी विर्सजन गरिएको स्कुल सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछुले जानकारी गराएको छ ।

ssg1

tLoJZY0R

GOg2hbb6