ताजा अपडेट

ट्रेन्डिङ

स्प्रिङ्ग हिल स्कुलका ८२ स्काउट विद्यार्थी दीक्षित

Gyan Khabar

ज्ञानखबर

शुक्र, भदौ ७, २०८१
505 पटक हेरिएको
स्प्रिङ्ग हिल स्कुलका ८२ स्काउट विद्यार्थी दीक्षित

स्प्रिङ्ग हिल स्कुल, नाला बनेपामा अध्ययन गर्ने विद्यार्थीहरुको स्पिङ्ग हिल स्काउट ट्रुप सोमबार दीक्षित भएको छ ।

नेपाल स्काउटको मान्यता अनुरूप पहिलो तह सदस्यता ब्याजको पाठ्क्रम पुरा गरेका विद्यार्थीलाई शुक्रवार एक समारोह विच स्पिङ्ग हिल स्काउट ट्रुपका ८२ जना स्काउट विद्यार्थीलाई दीक्षित गरिएको हो ।

कार्यक्रम नेपाल स्काउटका पूर्व तर्दथ समिति संयोजक चन्दन कौंसिकको प्रमुख अतिथ्यमा, विद्यालय ब्यवस्थापन समितिकाका अध्यक्ष राम सुन्दर थापाको विशेष अतिथ्यमामा, विद्यालयका प्रधानाध्यापक सुन्दर बढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा दिपेश के सी, देवदुत अधिकारी, विश्व क्षेष्ठ, कृष्ण सन्दर दुवाल र रमिता खुसुको अतिथि सहभागिता रहेको थियो ।

दिक्षान्त समारोह भन्दा अगाडी इकाई व्यवस्थापनका लागि ५ सदसिय दल समितिको पद तथा गोपनीयताको सपथ ग्रहण समेट गरिएको थियो ।

विद्यार्थीहरुमा स्काउटिङ्ग शिक्षाले व्यावहारिक सिप विकास गर्न, आपसी सद्‌भाव विकास गर्न स्काउटको भुमिका अपरिहार्य रहन्छ भन्ने सन्देशका साथ कार्यक्रम विभिन्न सांकृतिक प्रस्ततीहरु संगै सम्पन्न भएको थियो ।

दिक्षान्तमा कक्षा ६ र ७ का विद्यार्थीहरुलाई स्काउटर रमिता खुसु द्वारा स्काउट ब्याज वितरण, विद्यालयका प्रिन्सिपलले ट्रुप स्कार्फ वितरण गर्नुको साथै प्रमुख अतिथी द्वारा सदस्यता प्रमाण विरारण गरिएको थियो ।

प्रमुख अतिथी कौंसिकले सम्पूर्ण नव दिक्षित भाइवहिनी बढाइ र शुभकामना व्यक्त गर्दै स्काउटिङ्ग वृद्धि विकास गर्न स्काउट माष्टरहरुको अहम भुमिका रहने र स्काउटिङ्ग अभियानमा जोड्न विद्यालय व्यवस्थापन अभिभावक र स्काउटहर विच त्रिकोणात्मक सम्बन्धले स्काउटिङ्ग अझ फल्दैफुल्दैजाने विश्वास व्यक्त गरेका थिए ।

spring1

spring