ताजा अपडेट

ट्रेन्डिङ

संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजेता

Gyan Khabar

ज्ञानखबर

१३ भदौ २०८१, बिहिबार
411 पटक हेरिएको
संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजेता

संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।

उक्त फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा ९ ताथलिको सरस्वति शिक्षा सदन स्कुल माध्यमिक र आधारभूत दुवै तहको खेलमा विजेता भएको छ ।

माध्यमिक तह तर्फको फुटसलमा भक्तपुर नगरपालिकाको ग्लीटर फ्युचर स्कुलले द्धितीय स्थान र पारगान एकेडेमीले तृतीय स्थान पाउन सफल भएको थियो। साथै आधारभूत तह तर्फ भक्तपुर कमलविनायक स्थित पारागन एकेडेमीले द्धितीय स्थान र डेमोस स्कुलले तृतीय स्थान प्राप्त गरेको जानकारी मन्चका अध्यक्ष श्रीराम सुवालले दिए ।

मन्चका कोषाध्यक्ष राम प्रसाद खाताखोको संयोजनमा सम्पन्न अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ मा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विजेता खेलाडि विद्यार्थीहरुलाई प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शिल्ड प्रदान गरेका थिए ।

संयुक्त विद्यालय विकास मन्चका सचिव मुकेश योन्जनले यस्ता प्रकारका खेलले विद्यार्थीहरु पढाईको बोझबाट मुक्त भइ अझ अध्ययनमा रुची राख्ने भएकाले विविध खेलका कार्यक्रम आयोजना गरिनु पर्ने बताए ।