सल्लाघारी, भक्तपुरस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले कक्षा ११ र गतवर्षको कक्षा १२ का विद्यार्थीहरुलाई लक्षित पारेर भव्य स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर असोज ३ गते आयोजना गरिएको उक्त कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष राम दुवाल प्रमुख आतिथ्यमा तथा प्रिन्सिपल रवि दुवाल सभापतित्वमा भएको हो ।
वर्तमान कक्षा १२ का विद्यार्थीहरु आयोजक र विद्यालयको सहयोग रहेको सो स्वागत तथा बिदाई कार्यक्रममा एमनेस्टि नेपालका पूर्व अध्यक्ष तथा साइनिङ स्कुल, छालिङका डाइरेक्टर विक्रम ढुकुछु, डेमोस स्कुलका प्रिन्सिपल विनोद लामा, शान्तिदीप स्कूलका प्रिन्सिपल श्रीकृष्ण त्याटको उपस्थिति थियो।
त्यस्तै, इमेज स्कुलका संस्थापक अध्यक्ष शिव कवाँ, ज्योति ज्ञान एकेडेमीका संस्थापक प्रिन्सिपल डि.एन. त्वाटी, लिटल वर्ल्ड स्कुलका संस्थापक प्रकाश दुवाल, बिमल मेमोरियल स्कुलका प्रिन्सिपल कुमार थापा मगर, ग्लोबल एकेडेमीका प्रिन्सिपल मधुमर्दन शर्मा, स्टुडेन्ट्स एकेडेमीका प्रिन्सिपल सुमन शिल्पकार र अक्सफोर्ड प्राक्टिकल स्कूलका प्लस टु कोअर्डिनेटर निराजन सिलवालको समेत उक्त कार्यक्रममा आतिथ्यता रहेको थियो।
साथै विशेष अतिथिको आसनमा सोही विद्यालबाट आफ्नो शैक्षिक जीवन सुरुवात गर्ने विद्यार्थीद्वय डा. नीना वैद्य र रिजन नेपाल उपस्थित रहेको थियोे । कक्षा १२ का छात्रा रविना नेपालीको स्वागत मन्तव्यबाट सुरुवात भएको सो कार्यक्रममा विभिन्न सांस्कृतिक पहिरनमा सजिएका विद्यार्थीहरूको विविध परम्परागत गीत, नृत्य अनि कविता आदि प्रस्तुत गरिएको सो प्रतिभा प्रस्फुटन सांस्कृतिक कार्यक्रममा छुट्टै रौनक छाएको थियो भने एक अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने भन्ने भावना जागृत भएको थियो।
सम्मान कार्यक्रमको चरणमा यसवर्षको ‘एक्सिलेन्स अवार्ड २०८१’ को उपाधिले विभूषित गर्दै कक्षा १२ का छात्रा रविना नेपालीलाई नगद सहितको छात्रवृत्तिद्वारा सम्मानित गरिएको थियो। त्यस्तै हालसालै एमबिबिएसको डिग्री हासिल गर्ने विद्यालयका पूर्व विद्यार्थी डा.नीना वैद्य लगायत एमबिबिएसको लागि पूर्ण छात्रवृत्ति हासिल गर्ने विद्यालयका पूर्व विद्यार्थी रिजन नेपाललाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो।
बिदाइको समारोहमा गतवर्षको कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनोद्वारा सम्मान गर्दै अतिथिद्वेय विक्रम ढुकुछु र विनोद लामाले आ-आफ्नो धन्यवाद र बधाई मन्तव्य व्यक्त गरेका थिए ।
विशेष अतिथि रिजन नेपालले उपस्थित विद्यार्थी भाइबहिनीहरुलाई सफलताका सूत्र र सूचकहरुको बारे आफ्नो अनुभवात्मक धारणा राखेका थिए भने गतवर्षको कक्षा १२ की छात्रा रिया सुलुले आफ्नो अनुभव सहितको मार्गनिर्देशनका मन्तव्य राखेका थिए।
साथै कक्षा११ का छात्रा मनिता बसेलले आयोजकप्रति धन्यवादका ज्ञावन गरेको सो कार्यक्रममा प्रमुख अतिथि राम दुवालले विद्यालयको विगतदेखि बर्तमानसम्म आफूले गर्न परेको यात्राको बारे अनुभव साटेका थिए ।
विद्यालय इन्चार्ज शिव भूजुको संयोजकत्व रहेको उक्त कार्यक्रममा कक्षा १२ का अनामिका बयलकोटी, अश्लेषा बुढाथोकी, इगन खरबुजा र संरक्षा सिन्चुरीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम समापन गर्दै प्रिन्सिपल रवि दुवालले विद्यार्थीहरूको सो सुन्दर प्रस्तुति एबं प्रयासका लागि हार्दिक धन्यबाद प्रदान गर्दै आजको युगका विद्यार्थीहरुले भविष्यमा देशको जिम्मा लिने तरिकाले ब्यबस्थापन र नेतृत्व बिकास गर्नुपर्ने समेत बताए ।