ताजा अपडेट

ट्रेन्डिङ

शतप्रतिशत नतिजा निकाल्नु: शिक्षामन्त्री भट्टराई

Gyan Khabar

ज्ञानखबर

३ मङ्सिर २०८१, सोमबार
172 पटक हेरिएको
शतप्रतिशत नतिजा निकाल्नु: शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्री विद्या भट्टराईले शतप्रतिशत नतिजा निकाल्नेगरी काम गर्न निर्देशन दिएको छ ।

छलफलमा मन्त्री भट्टराईले अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री र मन्त्रीबिच भएको कार्यसम्झौतालाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । मन्त्री भट्टराईले प्रभाबकारिता र उपलब्धि सेवाग्राहीले प्रत्यक्ष महसुस गर्नेगरी काम सम्पादनमा जुट्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो ।

बैठकमा मन्त्री भट्टराईले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बनाउने कार्ययोजनासहित अनिवार्य तथा निःशुल्क शिक्षाको मर्म पूरा गर्न र सबै निकायसँग समन्वय गर्दै सुधार गर्न कठिनाइ भएका कार्यक्रमबारे बेलैमा छलफलगरी समस्या समाधान गर्न सबैलाई सचेत गराए ।

विश्व वावु पुडासैनीले सचिव र सहसचिवबिच भएको सम्झौतालाई कार्यक्रम कार्यान्वयन‌को उपलब्धि सूचकाङ्कको रुपमा सम्पन्न गर्न छिटोछरितो सेवा प्रवाह र कार्यरत जनशक्तिको सक्रियतामा जोड दिए ।

प्रगति समिक्षामा समितिको कार्यक्षेत्र, अघिल्लो बैठकको निर्णयको कार्यान्वयन अवस्था, शिक्षामा विनियोजित उपशीर्षकको बजेट कार्यान्वयन अवस्था, निकायगत प्रगति अवस्था र माइलस्टोनको प्रगतिमाथि छलफल भएको थियो ।