ताजा अपडेट

ट्रेन्डिङ

चन्द्रगिरी नगरपालिकाले सम्पन्न गर्यो चित्रकला प्रतियोगिता

Gyan Khabar

ज्ञानखबर

१५ मङ्सिर २०८१, शनिवार
173 पटक हेरिएको
चन्द्रगिरी नगरपालिकाले सम्पन्न गर्यो चित्रकला प्रतियोगिता

चन्द्रागिरी नगरपालिकाले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौँको चन्द्रगिरी स्थित शहिद स्मारक प्रतिष्ठान पार्क (त्रिभुवन पार्क) मा ‘मलाई मनपर्ने पार्क’ भन्ने शीर्षकमा विद्यार्थीहरूबाट चित्रकला प्रतियोगिता भएको हो । ‘थ्रि डी आर्ट म्युजियम’ले सहीद स्मारक प्रतिष्ठान पार्कमा सो कार्यक्रमको संयोजन गरेको थियो ।

यस कार्यक्रममा चन्द्रागिरी नगरपालिकाभित्रका सामूदायिक तथा संस्थागत का ४० स्कुलका ४० जना विद्यार्थी सहभागी थिए । प्रतियोगिता कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरू बीच गरिएको थियो। 

नगरपालिकाले विद्यार्थीहरूका लागि विभिन्न प्रतियोगिताहरू गराउँदै आइरहेको छ, सोही अन्तर्गत यो कार्यक्रम गरिएको नगरपालिकाका शिक्षा विभाग प्रमुख सुजन राज खनालले बताए। कार्यक्रममा नगरपालिकाका प्रतिनिधिहरू तथा सरकारी प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगीहरूलाई कार्यक्रममा नगदसहित ट्रफी मेडल र प्रमाणपत्र दिइएको थियो। कार्यक्रम पश्चात् थ्री ८ म्युजियमले प्रतियोगी विद्यार्थीहरू तथा कार्यक्रममा उपस्थित शिक्षकहरुलाई थ्री डी आर्ट म्युजियमको निःशुल्क अवलोकन गराएका थिए। जसको संयोजन म्युजियमका सञ्चालक शिवराम गिरीले गरेका थिए ।