ताजा अपडेट

ट्रेन्डिङ

सनसाईन (एस.एस.) कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर १६, २०८१
1122 पटक हेरिएको
सनसाईन (एस.एस.) कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ मा रहेको सनसाईन (एस.एस.) कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले गुणस्तरीय, व्यवहारिक एवं संस्कारयुक्त शिक्षाबाट मुलुकको समृद्धि र समाज रुपान्तरण हुने बताएको छ ।

FB IMG 1733499228437

एसएस कलेज व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाभित्र सञ्चालित ६६ वटा संस्थागत विद्यालय/कलेज मध्ये एसएस कलेजले शिक्षाको विकास र विस्तारमा पु¥याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरे । नगरप्रमुख श्रेष्ठले आगामी पुस १२, १३ र १४ गते आयोजना गरिएको मध्यपुर महोत्सव सफल बनाउन शिक्षक विद्यार्थी एवं शिक्षाकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रमका सभापति जीवन श्रेष्ठले न्युनशुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी नागरिक तयार गर्न एसएस कलेज सदैव प्रयत्नशील रहेको बताए । एसएस कलेजका प्राचार्य राजनप्रसाद काफ्लेले शिक्षासँगै असल संस्कार, अतिरीक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासका कार्यलाई एसएस कलेजले प्राथमिकता दिएको बताए । प्राचार्य काफ्लेले एसएस कलेजले स्थापनादेखि हालसम्ममा बोर्ड परीक्षामा नेपाल दोस्रो, काठमाडौं उपत्यका पहिलो, भक्तपुर पहिलो लगायतका सफलताबारे जानकारी दिदैं नेपालका ५ दर्जन बढि जिल्लाका विद्यार्थीहरुले एसएस कलेजबाट शिक्षा हासिल गरिसकेको दावि गरे ।

कार्यक्रममा सनसाइन स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार भ¤राईले हामीले आफ्नो कर्तव्य र दायित्व सदैव पुरा गरेमा असल व्यक्ति बन्न सहज हुने धारणा राखे । कार्यक्रममा स्नातक तहको नतिजामा काठमाडौं उपत्यका प्रथम भएका मेधावी छात्र निशेष खड्कालाई नगद सहित सम्मान गरिएको थियो । स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई पनि स्वागत गरिएको उक्त कार्यक्रममा वार्षिक विविध अतिरीक्त कृयाकलापमा उत्कृष्टता हासिल गरेका ७० जना भन्दा बढि छात्रछात्रालाई खादा, प्रमाणपत्र र पदक सहित सम्मान गरिएको थियो ।

FB IMG 1733499201695

कार्यक्रममा प्रमुख अतिथि, एसएस कलेजका प्राचार्य, कलेजका अध्यक्ष जीवन श्रेष्ठ, कलेज सञ्चालकहरु अच्युत प्रजापति, श्रीकृष्ण के.सी., निरु ढकाल, पुरुषोत्तम ग्वाछा लगायतले शिक्षक कर्मचारी एवं उत्कृष्ट छात्रछात्राहरुलाई सम्मानित गुरिएको थियो ।

विविध भेषभूषामा सज्जिएर नेपाली, नेवारी, तामा», गुरु», राईलिम्बु, मगर, सन्थाल आदि जातजाति र भाषाभाषीको गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरुले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । विविध सांस्कृतिक कार्यक्रमका साथै सन्देशमुलक नाटक प्रहसन प्रस्तुत गरेर विद्यार्थीहरुले सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

FB IMG 1733499187513

ss1

कार्यक्रममा नाटकहरु धर्मसभा र अन्द्योप्रेममा विद्यार्थीहरुले जीवन्त अभिनय प्रस्तुत गरेका थिए । यचु पार्टी भेन्यु थिमिमा भएको उक्त वार्षिकोत्सव कार्यक्रममा विभिन्न गीतसंगीत, नृत्य, कविता मार्फत विद्यार्थीहरुले एकल एवं सामुहिक प्रतिभा प्रदर्शन गरेका थिए ।