ताजा अपडेट

ट्रेन्डिङ

स्पीकर नेपालको दोस्रो सिजनको अडिशन राउण्ड तिब्र गतिमा

Gyan Khabar

ज्ञानखबर

१२ पुस २०८१, शुक्रबार
402 पटक हेरिएको
स्पीकर नेपालको दोस्रो सिजनको अडिशन राउण्ड तिब्र गतिमा

स्पीकर नेपालको दोस्रो सिजनको अडिशन राउण्ड तिब्र गतिमा भईरहको छ । दोस्रो सिजनको अडिसन राउण्ड मंसिर महिनाबाट ललितपुरस्थित अनल ज्योति इङलिस स्कुलबाट शुरु भएको हो ।

हालसम्ममा ललितपुर नख्खुमा अवस्थित श्रीकुल स्कुल, चाबहिल स्थित सेन्ट लरेन्स स्कुल र ललितपुर हात्तिवनमा अवस्थित लिट्टिल एञ्जल्स स्कुलमा अडिसन राउण्ड भईसकेको छ ।

आगामी माघ ७ गते सोमवारका दिन काठमाण्डौं सामाखुशीमा अवस्थित तक्षशिला कलेजमा स्पीकर नेपालको अडिसन राउण्ड हुने भएको छ । तक्षशिला कलेजमा नार्गजुन नगरपालिका, तारकेश्वर नगरपालिका र टोखा नगरपालिकामा अवस्थित विद्यालयहरुलाई लक्षित गरिएको छ ।

यसैगरी काठमाण्डौं कोटेश्वरमा अवस्थित हिमालयन कलेज, भक्तपुरको विनायक शिक्षा निकेतन, मदर ल्याण्ड स्कुलमा समेत अडिसन राउण्ड हुने भएको छ । गत वर्षबाट सञ्चालनमा आएको स्पीकर नेपालले विद्यार्थीहरुको आत्मविश्वास बढाउनुको साथै बोल्ने शैलीको सीप बिकास गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो । यो कार्यक्रमको उच्च गतिले ब्राण्डिङ बनाउनको लागि केहि वर्ष लाग्ने महशुस गरेको जनाएको छ ।

यो वर्ष स्पीकर नेपालको अडिसन राउण्डमा करीव ५०० सय जनाको सहभाागी गराईनेछ । दोस्रो सेलेक्सन २०० जना पुग्नेछन् । फाइनलमा २५ जना बाट दोस्रो सिजनको स्पीकर नेपाल छानिनेछ । यस वर्ष स्पीकर नेपालले २५ हजार नगद राशी, फष्ट रनर अपले १५ हजार नगद राशी र सेकेण्ड रनरअपले १० हजार नगर राशी प्राप्त गर्नेछन् ।

शिक्षालय राष्ट्रिय मासिक पत्रिकाको आयोजना तथा पानोरमा अनलाईन टेलिभिजनको प्रस्तुतिमा सञ्चालन गरिएको स्पीकर नेपालको प्रायोजक आलिसान फर्निचर वल्ड र सहकार्य डल्फिन एजुकेशन रहेको छ । विद्यार्थीहरुको प्रस्तुती पानोरमा टेलिभिजनको अफिसियल युट्यूब च्यानलमा हेर्न सकिन्छ ।