ताजा अपडेट

ट्रेन्डिङ

जीवनोपयोगी र व्यावहारिक शिक्षाका लागि शैक्षिक प्रदर्शनी

Gyan Khabar

ज्ञानखबर

आइत, पुस १४, २०८१
483 पटक हेरिएको
जीवनोपयोगी र व्यावहारिक शिक्षाका लागि शैक्षिक प्रदर्शनी

भक्तपुर नगरपालिका वडा नं.३ वाराही पीठमा अवस्थित महेन्द्र विद्या आश्रमले बृहत् शैक्षिक प्रदर्शनी तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयको ४० औँ स्थापना दिवसको सुखद् अवसरमा आयोजित कार्यक्रमको समुद्घाटन यस विद्यालयमा अध्ययनरत्त विद्यार्थी श्री निर्भेद कर्माचार्य र अग्रिमा प्रधानाङ्गले संयुक्त रूपमा गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै विद्यालयका कार्यकारी निर्देशक श्री महेन्द्र प्रसाद मास्केज्यूले शैक्षिक प्रदशर्नी कार्यक्रमले विद्यार्थीहरूको सिकाइलाई व्यावहारिक र जीवनोपयोगी बनाउने तथा पाठ्यक्रमले निर्दिष्ट गरेका तहगत सक्षमता प्राप्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताए । साथै उनले विद्यार्थीमा गणित, विज्ञान, प्रविधि, संस्कृति तथा भाषा साहित्यको अध्ययन अन्वेषण गर्ने बानीको विकास गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यकारी निर्देशक मास्केले वर्षभरि सिकेका र जानेका विषयवस्तु विद्यार्थी आफैँले बनाउन सकुन र पढेका विषय हेरेरै सिकुन् भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएकोे जानकारी गराउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई झन व्यापक र व्यवस्थित बनाइँदै लगिने कुरा बताए ।

झट्ट हेर्दा कुनै विवाह मण्डपझैँ देखिने विद्यालय परिसर दुलही समान शृङ्गारिएको थियो भने त्यसको अवलोकन गरिरहँदा कुनै मेला महोत्सवमा गएको जस्तो अनुभूति हुन्थ्यो । पाँचओटा कक्षाकोठा सहित १००+ ओटा स्टलमा विद्यार्थीहरूले गणित, विज्ञान, कम्प्युटर विज्ञान, सामाजिक अध्ययन, भाषा साहित्य, संस्कृति, प्रविधि तथा चित्रकला लगायतका सामग्रीहरू प्रदर्शनमा राखेका थिए ।

FB IMG 1736048216152

विद्यार्थीले बनाएका सामग्री अवलोकन गर्न अभिभावक र शिक्षकको घुइचो देखिन्थ्यो । अभिभावकरू आफ्ना छोराछोरीले बनाएका विभिन्न विषयका शैक्षिक सामाग्री हेरेर दङग देखिन्थे । प्रदर्शनीमा कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीद्वारा स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइएका विभिन्न सामग्रीहरू प्रदर्शन गरिएका थिए ।

FB IMG 1736047913713

FB IMG 1736048277830

आधुनिक प्रविधिबाट निर्मित यान्त्रिक उपकरणदेखि परम्परागत औजार तथा सरसामग्री दृश्यावलोकन पश्चात् सम्पूर्ण आगन्तुक सन्तुष्ट देखिन्थे भने विद्यार्थीहरू आफूले सिर्जना गरेका प्रोजेक्टहरूको बारे अवलोकन गर्न आएका अभिभावकहरुलाई सभ्य र शिष्ट भाषाशैलीमा व्याख्या गरिरहेका थिए । प्रदशर्नी कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नेवारी परिकार समेत बनाएका थिए ।

विद्यालयद्वारा ४० औँ स्थापना दिवसको अवसरमा ‘हाम्रो अभियान, स्वस्थ जीवनका लागि रक्तदान’ भन्ने मूल नाराका साथ रेडक्रस जिल्ला शाखा भक्तपुरको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरियो । ४९ जना महानुभावले रक्तदान गर्नुभएको कार्यक्रममा विद्यालका तर्फबाट उहाँहरूको महान् तथा पुण्य कर्मलाई सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

FB IMG 1736047931808

FB IMG 1736048234522