ताजा अपडेट

ट्रेन्डिङ

ईप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, पुस २०, २०८१
463 पटक हेरिएको
ईप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न

एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन पुष १९ गते शुक्रवारका दिन भक्तपुरको रानीकोट स्थित भिलेज हाईल्याण्ड रिसोर्टमा सम्पन्न भएको छ।

एघार वटा बिद्यालयहरु सदस्य रहेको यस शैक्षिक क्लस्टरको यस अधिवेशन मार्फत क्वालिटी अंग्रेजी माध्यमिक बिद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्का अध्यक्षमा चयन भएको छ भने सुर्योदय सेकेण्डरी स्कुलमा प्रिन्सिपल विजय कर्माचार्य उपाध्यक्ष, पारिजात बिद्याकुञ्जका प्रिन्सिपल बिक्रम थापा सचिब, ग्लोवल एकेडेमी का प्रिन्सिपल के. वी. ङाखुसी सहसचिव, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा कोषाध्यक्षमा चयन भएको छ।

त्यसैगरी मदरल्याण्ड ईङ्लिस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन ईङ्लिस स्कुलका प्रिन्सिपल जय प्रकाश राई, सेन्ट जोन्स ईङ्लिस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, बिमल मेमोरियल बिद्यापिठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी ईङ्लिस स्कुलका प्रिन्सिपल बिपीन गुमाञ्जु तथा नगरकोट सनराईजका प्रिन्सिपल सुर्य घिसिङ्ग सदस्यमा चयन भएको छ।

एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तक मार्फत संयुक्त परीक्षा संचालन, शिक्षक सशक्तिकरण कार्यक्रमहरु, बिद्यार्थीहरुका लागि अतिरिक्त कृयाकलाप कार्यक्रम आदि संचालन गर्दै शैक्षिक उन्नयनमा अग्रसर यो संस्था बि. स. २०५७ मा स्थापना भएको थियो।

यस अधिवेशन मार्फत संस्थालाई सदस्य बिद्यालयहरुको स्रोत केन्द्रका रुपमा अगाडी बढाउने, शिक्षक सशक्तिकरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउने र शिक्षक तथा बिद्यार्थी बिपद कोष संचालनलाई भावी योजनाका रुपमा अगाडी बढाउने योजना सहित अधिवेशन सम्पन्न भएको छ।

FB IMG 1736047024416