त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन २०८१, निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार चुनावका लागि फागुन १९ गते संघ/संगठन/समूह दर्ता गर्ने समय तोकिएको छ । फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ । साथै २५ गते मददाता उपर दाबी विरोध र सोही दिन छानबिन गरी अन्तिम सूची प्रकाशन गर्ने जनाएको छ ।
फागुन २७ गते क्याम्पसमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामवली दाखिला(उम्मेदवारी दर्ता) हुनेछ । उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ गते सम्मको समयसीमा राखिएको छ ।
चैत्र ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।
