विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन फाराम आव्हान गरेको छ ।
विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि २०८१ तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन ( पहिलो संसोधन) निर्देशिका, २०८० अनुरुप उच्च शिक्षामा पहुँच अभिबृद्धिका लागि अपाङ्गता भएका, आर्थिक रूपले विपन्न वा दलित, शहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरुप आवेदन आव्हान गरिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा स्नातक/ स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूबाट यही २०८१ चैत्र १३ गतेभित्र छात्रवृत्तिसम्बन्धी दरखास्त फारम आयोगको वेभसाइट www.ugcnepal.edu.np मार्फत २०८१ चैत्र १३ गतेभित्र अनलाइन आवेदन भर्न सक्ने बताइएको छ ।