ताजा अपडेट

ट्रेन्डिङ

एजे स्कुलमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, फाल्गुन १७, २०८१
1444 पटक हेरिएको
एजे स्कुलमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुर्यविनायक नगरपालिका स्थित एजे स्कुलको आयोजना र डा. इवामुरा मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

विद्यालय प्रांगणमा भएको स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा.राजेन्द्र शिल्पकार, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.मनिष प्रधानाङ्ग, एम.डि.जी.पी. डा. बिनोद दङ्गाल, मेडिकल अफिसर डा.नेन्सी कर्ण लगायतले स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।

कार्यक्रममा एजे स्कुलका प्रिन्सिपल कृष्णराम दुवालले डा. इवामुरा मेमोरियल अस्पतालका मेडिकल को-ओर्डिनेटर डा. जितेन्द्र प्रसाद सिं र इमर्जेन्सी शाखा प्रमुख डा. बिनोद दङ्गाललाई विद्यालयको तर्फबाट क्रमशः प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका थिए।

स्वास्थ्य शिविरमा करिब २५० जनाभन्दा बढि सेवाग्राहीहरु लाभान्वित भएका थिए ।

FB IMG 1740844599144

FB IMG 1740844602994