ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा परम्परागत भेषभुषा प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन १८, २०८१
1043 पटक हेरिएको
विनायकमा परम्परागत भेषभुषा प्रतियोगिता सम्पन्न

हाम्रो संस्कृति : हाम्रो गौरव ,हाम्रो पहिचान नेपालीको शान भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कलिला मन र मस्तिष्कमा आफ्नो परम्परागत भेषभूषाबारे हरेक वर्ष जानकारी दिँदै आएको शिक्षा, सभ्यता र संस्कृतिको त्रिवेणी विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी, भक्तपुरमा फागुन १७ गते परम्परागत भेषभुषा तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई कलिलो उमेरदेखि नै आफ्नो भाषा संस्कृति परम्परा बारे प्रयोगात्मक हिसाबले ज्ञान दिने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको अध्यक्षतामा भएको थियो।

पूर्व प्रा वि तहका शिक्षिकाहरूको संयोजनमा तथा पूर्व प्रा वि तहकी एकेडेमिक कोर्डिनेटर पदमकेसरी श्रेष्ठद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा कक्षा नर्सरी र केजीका मात्र विद्यार्थीहरूको सहभागिता र प्रतिस्पर्धा रहेको थियो।

कार्यक्रम काठमाडौँ विश्वविद्यालयकी शिक्षाविद तथा शोधकर्ता नारायणी ठकुरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो।

FB IMG 1740901650213

विनायकको पूर्व प्रा वि तहमा अध्ययनरत विद्यार्थीहरुका शतप्रतिशत अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथिहरू मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ कि वडा सदस्य अरुणा कारणजीत, अभिभावक सुसन प्रजापति ,शिक्षाविद मदन रिजाल तथा किरण थापा श्रेष्ठ, नेपाल अस्ट्रेलिया फ्रेन्डसिप एसोसिएसनका सदस्य अस्ट्रेलियन नागरिक रश, चाइनिज भोलेन्टियर र विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले विद्यालयको छत्तीसौँ वार्षिकोत्सव तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयले हरेक वर्ष गर्दै आएको उदाहरणीय एवं मननयोग्य कार्यको प्रशंसा गरेका थिए ।

FB IMG 1740901674160

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले वास्तविक, प्रयोगात्मक र एक्काइसौं शताब्दीको प्रगतिशील सोचको रुपान्तरित शिक्षा विद्यालयले प्रदान गरिरहेको र विद्यार्थीको सर्वाङ्गीण विकास गर्न पढाइका साथसाथै खेलकुद र अन्य अतिरिक्त एवं विषयगत क्रियाकलापमा विद्यालयले जोड दिँदै अब्बल, सक्षम र दक्ष नागरिक उत्पादनमा पहल गरिरहेको बताए ।

Messenger creation 279954A7 0B2D 42E0 9966 1AF86122C7EC

कार्यक्रममा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरुले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने विद्यार्थीहरूले मनमोहक किसिमले विभिन्न गीत, संगीत , नृत्य तथा कराते र जिम्न्यास्टिकका विभिन्न इभेन्टहरु समेत प्रस्तुत गरेका थिए ।

Messenger creation E3876E0C 4227 4523 9378 536C67AFA67E

Messenger creation E2A3AD49 FA2D 457F 83E6 13BA418C5D7E

Messenger creation DE988106 57D2 4AB9 A822 B7F601B90AF1