ताजा अपडेट

ट्रेन्डिङ

सिद्धार्थ विद्यापीठको रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन १८, २०८१
1026 पटक हेरिएको
सिद्धार्थ विद्यापीठको रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न

सिद्धार्थ विद्यापीठको रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ।

सो अवसरमा शिक्षाकर्मी, पत्रकार, उत्कृष्ट शिक्षक र अभिभावकहरूलाई सम्मान गरिएको थियो। साथै, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई मेडल र ट्रफी प्रदान गरिएको थियो।

FB IMG 1740881901312

समारोहमा सिद्धार्थ विद्यापीठका संस्थापक निर्देशक राजेन्द्र थापाले २५ वर्षको अविचलित यात्रामा शिक्षाको माध्यमबाट विद्यार्थीहरूलाई ज्ञानको ज्योति प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यका लागि काम गरेको बताए। उनले विद्यार्थीहरू चिकित्सक, इन्जिनियर, आईटी इन्जिनियर, कम्प्युटर इन्जिनियर, निजामती कर्मचारीलगायत विभिन्न क्षेत्रमा राष्ट्रको सेवा गरिरहेकोमा गर्व व्यक्त गरे।

संस्थापक प्रिन्सिपल दीपिका रिमाल थापाले २५ वर्षको यात्रामा अभिभावकहरूको निरन्तर साथ र सहयोगको प्रशंसा गर्दै कठिन परिस्थितिमा पनि उनीहरूले विद्यालयलाई साथ दिएकोमा कृतज्ञता व्यक्त गरिन्। उनले सिद्धार्थ विद्यापीठले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले अभिभावकहरूको माया र विश्वास जित्न सफल भएको बताइन्।

मध्यपुर ठिमी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण श्रेष्ठले सिद्धार्थ विद्यापीठ भक्तपुरको उत्कृष्ट विद्यालय भएको र यसले नगरपालिकाको प्रतिष्ठा बढाएको बताए।

प्याब्सनका केन्द्रीय अध्यक्ष डि.के. ढुङ्गानाले विद्यालयलाई शुभकामना दिँदै विद्यालयलाई सामाजिक उद्योगको रूपमा परिभाषित गरे, जसमा संचालक, शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालाहरू सबै मिलेर बालबालिकालाई अब्बल र असल नागरिक बनाउनुपर्ने बताए।

FB IMG 1740881923635

समारोहमा विद्यार्थीहरूले आकर्षक र रचनात्मक प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो।