ताजा अपडेट

ट्रेन्डिङ

एनप्याब्सनको आठौं महाधिवेशन काठमाडौंमा सम्पन्न: सुवास न्यौपाने अध्यक्षमा निर्वाचित

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन १८, २०८१
3477 पटक हेरिएको
एनप्याब्सनको आठौं महाधिवेशन काठमाडौंमा सम्पन्न: सुवास न्यौपाने अध्यक्षमा निर्वाचित

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एनप्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। महाधिवेशनबाट सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ।

नयाँ नेतृत्वले निजी विद्यालयहरूको हकहित संरक्षण, गुणस्तरीय शिक्षा प्रवर्धन र शैक्षिक नीतिगत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयहरूको हकहित र गुणस्तरीय शिक्षाका लागि सरकारसँग सहकार्य गर्ने बताए। उनले विद्यालयहरूको समस्या समाधानका लागि सबै पक्षसँग समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

निवर्तमान पदाधिकारीहरूले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै संगठनको लक्ष्यअनुसार कार्य गर्न आग्रह गरेका छन्।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पदमा जय बहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी, राम विनय चौरासिया, शम्भु कुमार अधिकारी चयन गरेको छ।

त्यस्तै, उपाध्यक्ष पदमा बिष्णु प्रसाद पराजुली, राजेन्द्र कुमार गुरुङ, राम कुमार मोची, जय प्रकाश चौधरी, प्रकाश कुमार शर्मा, याशिवा रहमान, तेजराज खनाल निर्वाचित भएका छन्।

प्रकाश चन्द्र खड्का महासचिव र खड्क बहादुर बस्नेत कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, बिष्णु प्रसाद पौडेल, गोविन्द बहादुर खड्का, सत्येश बहादुर चन्द उपमहासचिव पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

सन्दिप राई, राम बहादुर थापा, बालकृष्ण शर्मा, बालाकृष्ण तिवारी, डम्बर दत्त अवस्थी, सुशील भट्टराई, मनोज कुमार श्रेष्ठ, शरद भण्डारी, वेद प्रसाद पन्त सचिव र सुमन कुमार चौधरी, कल्पना काफ्ले (भुषाल) सह-कोषाध्यक्ष पदमा चयन भएका छन् ।

साथै हिक्मत दाहाल, नेत्र प्रसाद न्यौपाने, भीष्म पाण्डे, युवराज (युवक) लामिछाने, दिनेश भण्डारी, दिपक भट्ट, झंकर राज जोशी, राजेन्द्र प्रसाद चापागाईं, नेत्र लाल न्यौपाने, सागर कुमार खड्का, जितेन्द्र प्रकाश महतो, सुदर्शन खड्का, विमल गौतम, बिल प्रसाद गुरुङ, भिष्मराज ढकाल, मनोज कुमार साह, श्याम योञ्जन, अग्नि प्रसाद ज्ञवाली, विकेश महर्जन, अग्नि प्रसाद कोईराला, पुरूषोत्तम बस्याल, सुदिप कुमार कार्की र गेहेन्द्र लामा सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

FB IMG 1740896258706

निर्वाचन समिति सदस्यहरू धनराज तामाङ, प्रमोद रेग्मी, र संयोजक सुमन कुमार के.सी.ले सम्पूर्ण उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन्। नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराइएको छ।