ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा चौथो एसक्युसी स्कुल कन्भेन्सन 

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन २३, २०८१
1056 पटक हेरिएको
विनायकमा चौथो एसक्युसी स्कुल कन्भेन्सन 

विद्यार्थीहरूमा समस्या पहिचान गरी आफै त्यसको समाधानका उपायहरू पत्ता लगाउने विद्यार्थी गुणीय चक्रको पाठ्यक्रम अनुसार पठनपाठन गराउँदै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल, मध्यपुर ठिमी भक्तपुरमा फागुन २३ गते चौथो Student Quality circle स्कुल कन्भेन्सनको आयोजना गरेको छ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मास्टर ट्रेनर तथा मध्यपुर हब कोअर्डिनेटर प्रेमप्रसाद निरौला, मास्टर ट्रेनरहरू उत्तरकुमार सुब्बा र तुल्सीहरी प्रजापतिको आतिथ्यतामा सम्पन्न भएको थियो।

कक्षा ४ देखि ९ सम्मका १२ वटा सर्कल सहभागी रहेको उक्त कन्भेन्सनको मुख्य उद्देश्य विद्यार्थीहरूलाई हरेक समस्या समूहमा पहिचान गरी त्यसको समाधान आफै कसरी गर्न सकिन्छ ,त्यसका लागि के कस्ता टुल्स र विधिहरु प्रयोग गर्न सकिन्छ र कसरी विद्यार्थीलाई असल र स्मार्ट बनाउने भन्ने रहेको सहायक प्रिन्सिपल प्रेम प्रसाद निरौलाले बताए।

Messenger creation 7EE4AC1E 3119 4159 BA15 F3DEBC88DE8D

कार्यक्रमको समापन समारोहमा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरूको सर्वाङ्गिण विकास, वाकपटुताको विकास तथा असल ,चरित्रवान, दक्ष र नेतृत्व क्षमता वृद्धि गर्न तथा हरेक क्रियाकलाप समूहमा गर्न सिकाउने उद्देश्य राखी विगत ६ वर्षदेखि कोर्सकै रुपमा एक्सक्युसीलाई पठनपाठन गराउँदै आएको र जसले विद्यार्थीहरुलाई पढाइका साथसाथै अन्य क्षेत्रमा सफल बनाउन प्रयत्नरत रहेको कुराबताउए।