ताजा अपडेट

ट्रेन्डिङ

बासु माविको ६२ औं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन २६, २०८१
1221 पटक हेरिएको
बासु माविको ६२ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुरको कालीघाटस्थित बासु माध्यमिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पानसमा दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरे।
समारोहलाई सम्बोधन गर्दै बिजुक्छेँले भक्तपुरको शैक्षिक विकासमा बाहिरी जिल्लाका शिक्षकहरूको महत्वपूर्ण योगदान रहेको बताए। उनले स्थानीय निकायलाई जनप्रतिनिधिविहीन बनाउँदा देशको विकास पछाडि परेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन र नेतृत्वमा रहेकाहरूलाई कमिशनको चलखेलमा नलाग्न सुझाव दिए।

वाग्मती प्रदेशसभाका सांसद सृजना सैंजुले बासु स्कुलमा ८१ प्रतिशत बाहिरी जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रूपमा अगाडि बढिरहेको बताइन्। उनले शिक्षण पेशामा ७० प्रतिशत महिलाहरू रहेको हुँदा देशको शिक्षा महिलाहरूको काँधमा रहेको उल्लेख गरिन्।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकला, सार्वजनिक मा.वि. समितिका अध्यक्ष राशेनराज तुइतुई, शिक्षक रामकुमार निरौला र वार्षिकोत्सव कार्यक्रम समितिका संयोजक विष्णुप्रसाद दुमरूले पनि कार्यक्रममा आफ्ना विचार राखेका थिए।

विद्यालयका प्रधानाध्यापक रवि प्रधानले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा ९२१ जना विद्यार्थी, ३९ शिक्षक कर्मचारी दरबन्दी र ४४ जना निजी स्रोतका शिक्षकहरू रहेको जानकारी दिए।

FB IMG 1741658505722

कार्यक्रममा बिजुक्छेँले विद्यालयको स्मारिका विमोचन गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र शिक्षकलाई सम्मान गरे।विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा ‘बासु’ बुलेटिन विमोचन गरिएको थियो।

‘जगमगाउँदो बासु ज्ञान रश्मि तारा, लक्ष्यवान विद्यार्थीको भरपर्दो सहारा’ नाराका साथ सम्पन्न वार्षिकोत्सव समारोहमा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

FB IMG 1741658519035

FB IMG 1741658531734

FB IMG 1741658539165