ताजा अपडेट

ट्रेन्डिङ

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र २, २०८१
1296 पटक हेरिएको
सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

भक्तपुर नगरपालिका वडा नं. ७ स्थित सुर्योदय सेकेन्डरी स्कूलले आफ्नो ४४ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रमसहित मनाएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै भक्तपुरका विद्यालयहरुले योग्य विद्यार्थी उत्पादनमा योगदान पुर्‍याएको बताए।

उनले ख्वप विश्वविद्यालयले भक्तपुरलाई शैक्षिक केन्द्र बनाउने विश्वास व्यक्त गर्दै विद्यार्थीलाई असल नागरिक बन्न प्रेरित गर्नुपर्नेमा जोड दिए।

वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सुर्योदय विद्यालयले भक्तपुरको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले शिक्षा निःशुल्क हुनुपर्ने र विद्यार्थी विदेशिने प्रवृत्ति प्रति चिन्ता व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीहरुलाई १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको जानकारी दिए। उनले विद्यालयले समुदायमा आधारित सरसफाइमा नियमित रुपमा सहभागी हुँदै आएको बताए।

कार्यक्रममा विद्यालयका सभापति मनोजगोपाल कर्माचार्य, भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष राजन कसपाल, विद्यालयका सञ्चालक महेन्द्रगोपाल कर्माचार्य, एभरेष्ट स्कूलका प्रिन्सिपल भक्तराज भण्डारी र प्याब्सनका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठलगायतले मन्तव्य राखेका थिए।

FB IMG 1742054661435

कार्यक्रममा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने विद्यालयद्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

FB IMG 1742054693034