ताजा अपडेट

ट्रेन्डिङ

हंसवाहिनी विद्यालयको ७३ औं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र ८, २०८१
1530 पटक हेरिएको
हंसवाहिनी विद्यालयको ७३ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर, थालाछेंस्थित श्री हंसवाहिनी आधारभूत विद्यालयले आफ्नो ७३ औं वार्षिकोत्सव, अभिभावक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवाल, शिक्षाविद् हिमालयश्वरलाल मुल र विद्यालयका प्रिन्सिपल सूर्यबहादुर फोंजूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको उद्घाटन चन्द्रलक्ष्मी दुवालले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयकी सूचना अधिकृत लक्ष्मीश्वरी कर्माचार्यले प्रस्तुत गर्नुभएको थियो। विद्यालयका प्रिन्सिपल सूर्यबहादुर फोंजूले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले हासिल गरेका उपलब्धिहरू र आगामी योजनाबारे जानकारी गराए।

कार्यक्रमको मुख्य आकर्षण भनेको विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू र विद्यालयको विकासमा योगदान पुर्याउने अभिभावकहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण थियो। सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

FB IMG 1742574827757

FB IMG 1742574838566