ताजा अपडेट

ट्रेन्डिङ

उच्च शिक्षाको विकासका लागि प्राज्ञिक स्वायत्तता आवश्यक छ : नैनसिंह महर

Gyan Khabar

ज्ञानखबर

सोम, चैत्र ११, २०८१
2085 पटक हेरिएको
उच्च शिक्षाको विकासका लागि प्राज्ञिक स्वायत्तता आवश्यक छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षाको उन्नयन सम्भव हुने बताएका छन्। कीर्तिपुरमा आयोजित उच्च शिक्षा विधेयकसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले संसदमा थन्किएका शिक्षा विधेयकहरू र उच्च शिक्षा विधेयकको बेवास्ताप्रति चिन्ता व्यक्त गरे।

‘गरिब देशको जम्बो संसद कानुन निर्माणमा अकर्मण्य भएको छ,’ उनले भने, ‘विश्वविद्यालय शिक्षालाई गुणस्तरीय बनाउन उच्च शिक्षा ऐन तत्काल ल्याउनुपर्छ।’

महरले युवाहरू नेतृत्व लिन तयार रहेको र व्यक्तिको शासन नस्वीकार्ने दाबी गरे। ‘यो स्वतन्त्रताको युग हो, युवाहरू नेतृत्व गर्न तयार छन्,’ उनले भने।

उनले युग सुहाउँदो शिक्षाका लागि विधेयकमा आवश्यक विषयहरू समावेश गर्नुपर्नेमा जोड दिए। ‘विज्ञहरूले तयार पारेको विधेयक संसदले अस्वीकार गरे पनि बहसको थालनी हुनेछ,’ उनले भने।

स्वदेशमा टिक्ने र विदेशमा बिक्ने शिक्षा आजको आवश्यकता रहेको उनको भनाइ छ। उनले एआई प्रविधिको प्रयोगबाट शिक्षालाई व्यवस्थित गर्नुपर्ने र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए।

‘एआईको युगमा हामीले शिक्षालाई कसरी प्रतिस्पर्धी बनाउने भन्ने महत्त्वपूर्ण छ,’ उनले भने।