ताजा अपडेट

ट्रेन्डिङ

नेकमा दुईदिने लेक्चर कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, मंसिर १३, २०७९
178 पटक हेरिएको
नेकमा दुईदिने लेक्चर कार्यक्रम सम्पन्न

युनिभर्सिटी अफ एभइरो पार्चुगलका डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स टेलिकम्युनिकेशन एण्ड इन्फरम्याट्रिकका एसोसियट प्रोफेसर पेटिया जिओरजिभा नेपालमा पुगेर नेपालमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई लेक्चर दिन पुगेकी छिन् । उनले Machine Learning and Deep Learning in Brain-Computer Interfaces विषयमा दुईदिने लेक्चर दिएकी हुन् । उनले सोमबार र मंगलबार दुवै दिन दिनभर लेक्चर दिएकी थिइन् ।

कार्यक्रममा नेपाल इन्जिनियररिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका कम्प्युटर, इलेक्ट्रोनिक्सका अन्तिम वर्षका विद्यार्थीहरु सहभागी थिए ।

कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले विद्यार्थीको ज्ञानको दायरालाई फराकिलो बनाउने क्रममा समयसमयमा कलेजमा विदेशबाट विशेषज्ञ बोलाई लेक्चर दिन लगाउने गरेको बताए । त्यस अनुसार दुईदिने लेक्चर कार्यक्रम आयोजना गरिएको उनले बताए ।

nec pro1

लेक्चरल पेटिया इन्टेलिजेन्ट रावोटिक्स एण्ड सिस्टम ल्याब इन्ष्टिच्युट अफ इलेक्ट्रोनिक्स इन्जिनियरिङ एण्ड टेलिमटिस् अफ एभइरियो (आईईईटिएं) का सिनियर रिसर्चर हुन् । उनी युनिभर्सिटी अफ एभिरियो पोर्चुगलको मेशिन लर्निङ इन डिपार्टमेन्ट अफ इलेक्ट्रोनिकस कम्युनिकेशन्स एण्ड इन्फमेटिक्सका प्रोफेसर पनि हुन् । दुईदिने लेक्चरबाट विद्यार्थीलाई फाइदा पुगेको विश्वास आयोजक कलेजको छ ।