ताजा अपडेट

ट्रेन्डिङ

बाल विकास सेकेन्डरी स्कूलको ३५ औँ बार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन २१, २०७९
550 पटक हेरिएको
बाल विकास सेकेन्डरी स्कूलको ३५ औँ बार्षिकोत्सव सम्पन्न

भक्तपुरको बाल विकास सेकेन्डरी स्कूलको ३५ औँ बार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले राष्ट्रपति विद्यादेवी भण्डारीले देशघाती नागरिकता विधेयक प्रमाणित गरेको भए देश बर्बाद भइसक्ने थियो भन्नुभयो ।

अहिले देशको मुख्यमुख्य पदमा रहेका व्यक्तिहरू खराब हुँदा देशले दुर्गति भोग्नुपरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भोलिको सुन्दर भविष्यको लागि विद्यालय तहदेखि नै विद्यार्थीलाई राजनीतिबारे बुझाउन र देशलाई माया गर्न सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विगत धेरै वर्षदेखि सरकारले शिक्षा र स्वास्थ्यबाट हात झिकेर शिक्षा–स्वास्थ्य व्यापारिक घराना तथा दलालहरूलाई सुम्पेकाे र सर्वसाधारण जनताका छाेराछाेरी शिक्षाबाट वञ्चित भएकाे अवस्थामा भक्तपुरले देशैभरका सर्वसाधारण जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

bal bikash 35 1

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजू, वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्र, डा. के.बी. कर्माचार्य ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठ, वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा. दिलिप शर्मा, साहित्यकार नरेन्द्रराज प्रसाई, कवयित्री इन्दिरा प्रसाई, अभिभावक प्रतिनिधि घनश्याम खड्का र शिक्षिक सीतालक्ष्मी प्रजापतिले पनि बोल्नुभएको थियो । कार्यक्रममा डा. मिश्रलाई नेमकिपाका अध्यक्ष रोहितले अभिनन्दन गर्नुभएको थियो ।

bal bikash 35 2

विद्यालयको ३५ औँ वार्षिकोत्सवको अवसरमा भएका विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा विद्यालयमा अनवरतरूपमा १० वर्षभन्दा बढी सेवा गरेका शिक्षक कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

bal bikash 35 3

कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।